+
+
Shares

नेपालको विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना

चीनले आयोजना गरेको हरित विकास र मानव अधिकार विषयक विश्व सम्मेलनमा नेपालका तर्फबाट राना सहभागी भएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानाले चीनमा आयोजित विश्व सम्मेलनमा नेपालको प्राकृतिक विविधता र जैविक सम्पन्नताबारे सम्बोधन गरेकी छन् ।
  • सम्मेलनलाई सम्बोधन गर्दै पूर्वउपसभामुख रानाले भनिन्, ‘नेपाल असाधारण प्राकृतिक सौन्दर्यले भरिपूर्ण राष्ट्र हो । यसप्रति गर्व छ ।’
  • उनले विकास नीतिहरूले मानिस र प्रकृतिबीच सन्तुलन कायम गर्दै वन संरक्षण र विकासलाई सँगसँगै लैजानुपर्ने धारणा राखिन् ।

१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानाले नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गरेकी छन् ।

नेपालको प्रतिनिधित्व गर्दै चीनमा आयोजित द २०२६ फोरम अन ग्लोबल ह्युमन राइट्स गभर्नेन्स विषयक विश्व सम्मेलनलाई सम्बोधन गर्दै सांसद रानाले भनिन्, ‘ नेपाल असाधारण प्राकृतिक सौन्दर्यले भरिपूर्ण राष्ट्र हो । यसप्रति गर्व छ ।’

चीनले आयोजना गरेको हरित विकास र मानव अधिकार विषयक विश्व सम्मेलनमा नेपालका तर्फबाट राना सहभागी भएकी हुन् । जसलाई सम्बोधन गर्दै पूर्वउपसभामुख समेत रहेकी रानाले नेपालमा ‘हरियो बन नेपालको धन’ भन्ने उक्ति नै रहेको सुनाइन् । यसले नेपालीहरूलाई वन संरक्षण गर्नमा मद्दत गर्नमा उत्प्रेरित गरिरहेको झल्काउने सुनाइन् ।

नेपाल, आकारमा सानो भए पनि, जैविक विविधतामा अविश्वसनीय रूपमा धनी रहेको उल्लेख गर्दै उनले थपिन्, ‘तराईको जंगलदेखि उच्च हिमालयी पारिस्थितिक प्रणालीसम्म, बाघ, एक–सिंगे गैंडा, रातो पाण्डा र हिउँ चितुवा जस्ता दुर्लभ र प्रतिष्ठित प्रजातिहरू पाइन्छन् ।’

हजारौं वनस्पति प्रजातिहरूले प्रकृति र जीविकोपार्जन एकसाथ अगाडि बढाइरहेको पनि उनले बताइन् ।

प्रेरणादायी उदाहरणका रुपमा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाको सन्दर्भ सुनाइन् । यसले वन संरक्षण र विकास कसरी सँगसँगै जान सक्छ भनेर देखाएको बताइन् ।

उनले आफूले आफ्नै गाउँमा विकासले कसरी प्राकृतिक सन्तुलन परिवर्तन गर्न सक्छ भनेर अनुभव गरेको पनि सुनाइन् । विकास नीतिहरूले मानिस र प्रकृति बीचको सन्तुलन खोज्नुपर्नेमा उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?