+
+
Shares

‘भ्वाइस अफ नेपाल यूके टुर’ बेलायतका ३ सहरमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को टोली तीन दिवसीय सांगीतिक कार्यक्रम प्रस्तुत गर्न बेलायत पुगेको छ ।
  • बेलायतका रिडिङ, टिडवर्थ र हस्टिङ शहरमा जुन १९, २० र २१ तारिखमा सांगीतिक कार्यक्रमहरू आयोजना हुनेछन् ।
  • सांगीतिक यात्रामा शोका कार्यकारी निर्माता सुशील नेपालसहित फाइनलिस्टहरू छिरिङ डोल्मा शेर्पा, सञ्जिता दूरा र रोशन राई सहभागी छन् ।

काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ले बेलायत टूरको घोषणा गरेको छ । त्यहाँका ३ सहरमा सांगीतिक कार्यक्रम आयोजना हुन लागेको जानकारी होस्ट तथा कार्यकारी निर्माता सुशील नेपालले दिए ।

जसअनुसार, १९ जुनमा रिडिङ, २० जुनमा टिडवर्थ र २१ जुनमा हस्टिङका कार्यक्रम हुनेछन् ।

तीन दिवसीय सांगीतिक टूरको लागि भ्वाइस टोली बेलायत पुगिसकेको छ । टोलीमा होस्ट नेपालसहित छिरिङ डोल्मा शेर्पा, सञ्जिता दूरा र रोशन राई छन् । यी सबैजना भ्वाइसका फाइनलिस्ट हुन् ।

सो अवसरमा सामथ्र्य ब्यान्डले पनि प्रस्तुति दिने तय भएको छ । स्वदेशमा भ्वाइस किड्सको पाँचौ सिजन सुरु भैरहँदा भ्वाइस अफ नेपालको टोली भने विदेश टूरमा निस्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?