+
+
Shares

कुन विमानस्थलबाट श्रमिक पठाइएको हो, विवरण पेस गर्न म्यानपावरहरूलाई निर्देशन

व्यवसायीले नेपालको विमानस्थल प्रयोग नगरी भारत हुँदै श्रमिक पठाउने गरेको गुनासो आएपछि विवरण माग गरेको जनाएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १ चैत २०८२ देखि ३१ जेठ २०८३ सम्म वैदेशिक रोजगारीमा पठाइएका श्रमिकको विवरण तीन दिनभित्र बुझाउन विभागले निर्देशन दिएको छ ।
  • स्वदेशी विमानस्थल छोडेर भारतको विमानस्थल प्रयोग गरी श्रमिक पठाएको गुनासो आएपछि विभागले व्यवसायीसँग यस्तो विवरण माग गरेको हो ।
  • पूर्वस्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएमा सम्बद्ध संस्थालाई कानूनी कारबाही गरिने विभागले जनाएको छ ।

१ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको विवरण पेस गर्न निर्देशन दिएको छ ।

१ चैत २०८२ देखि ३१ जेठ २०८३ सम्म कति श्रमिक पठाएको, कुन विमानस्थल प्रयोग गरेर उडाएको लगायत विवरण ३ दिनभित्र पेस गर्न निर्देशन दिएको हो ।

व्यवसायीले नेपालको विमानस्थल प्रयोग नगरी भारत हुँदै श्रमिक पठाउने गरेको गुनासो आएपछि विवरण माग गरेको जनाएको छ ।

इजाजतपत्र प्राप्त संस्थाले श्रम स्वीकृति लिएका श्रमिकलाई स्वदेशी विमानस्थलको सट्टा अन्य देशका विमानस्थल प्रयोग गरी गन्तव्य मुलुक पठाउने गरेको गुनासो आएपछि विवरण माग गरिएको विभागले जनाएको छ ।

यो विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा गुनासो पुगेको थियो ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा २२ र वैदेशिक रोजगार नियमावली २०६४ को नियम १८ मा वैदेशिक रोजगारीमा श्रमिक पठाउँदा अनिवार्य स्वदेशी विमानस्थल नै प्रयोग गर्नुपर्ने व्यवस्था छ । यदि विशेष परिस्थितिका कारण स्वदेशी विमानस्थल प्रयोग गर्न नसकिने अवस्था आए विभागको पूर्व अनुमति लिएरमात्र विदेशी विमानस्थल प्रयोग गर्न पाइने प्रावधान छ ।

व्यवसायीले पेस गरेको विवरणका आधारमा स्वदेशी वा विदेशी कुन विमानस्थल प्रयोग भएको हो भन्ने कुराको पुष्टि गरिने विभागले जनाएको छ ।

विभागले तोकेको ढाँचामा प्राप्त विवरण विश्लेषणपछि यदि कुनै संस्थाले अनुमतिविना विदेशी विमानस्थल प्रयोग गरेको पाइए उनीहरूमाथि स्पष्टीकरण सोध्ने र आवश्यक कानुनी कारबाही अगाडि बढाउने विभागले जनाएको छ ।

‘बाहिर आएका गुनासा कति सत्य हुन् भन्ने कुरा व्यवसायीले बुझाउने विवरणबाट स्पष्ट हुनेछ,’ विभागका निर्देशक खिलराज राईले भने ।

यदि व्यवसायीले नियमसंगत स्वदेशकै विमानस्थल प्रयोग गरेको पाइए कुनै थप प्रक्रिया आवश्यक नपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?