+
+
Shares

परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमण : सीपीसीसँग मैत्रीपूर्ण सम्बन्ध राख्न रास्वपा इच्छुक

भेटका क्रममा सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउले सीपीसीले रास्वपासँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्न चाहेको भन्दै आदानप्रदान बढाउन, रणनीतिक सञ्चारलाई सुदृढ पार्न, शासन अनुभवको साझेदारीलाई विस्तार गर्न  पार्टी-प्लस च्यानलहरू मार्फत विभिन्न क्षेत्रहरूमा सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच बेइजिङमा भेटवार्ता भएको छ ।
  • भेटमा सीपीसीका प्रमुख लिउले रास्वपासँग मैत्री सम्बन्ध विकास गर्न र विभिन्न क्षेत्रमा सहयोग बढाउन चीन तयार रहेको बताए ।
  • खनालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीन विरोधी गतिविधिमा नेपाली भूमि प्रयोग गर्न नदिने बताए ।

१ असार, बेइजिङ । परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विदेश विभाग प्रमुख शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समिति, अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) का प्रमुख लिउ हाइसिङबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच सोमबार बेइजिङमा भेटवार्ता भएको हो । भेटमा सीपीसी र रास्वपा बीचको मैत्रीसम्बन्ध विस्तार तथा विकासका बारेमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

भेटका क्रममा सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउले सीपीसीले रास्वपासँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्न चाहेको भन्दै आदानप्रदान बढाउन, रणनीतिक सञ्चारलाई सुदृढ पार्न, शासन अनुभवको साझेदारीलाई विस्तार गर्न  पार्टी-प्लस च्यानलहरू मार्फत विभिन्न क्षेत्रहरूमा सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए ।

जवाफमा परराष्ट्रमन्त्री खनालले चीन र नेपालबीचको ७० वर्ष लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै नेपाल पञ्चशीलको सिद्धान्तका आधारमा चीनसँग सम्बन्ध सुदृढ बनाउन प्रतिबद्ध रहेको बताएका थिए ।

उनले एक चीन नीति प्रति नेपाल प्रतिबद्ध रहेको र चीन विरोधी गतिविधिमा कुनै पनि शक्तिलाई नेपाली भूमि प्रयोग गर्न नदिने बताएका थिए ।

खनालले चीनसँग नेपालले वैज्ञानिक तथा प्राविधिक, शिक्षा, जलस्रोत र कनेक्टिभिटीमा सहकार्य गर्न चाहेको उल्लेख गरेका थिए ।

उनले चिनियाँ कम्युनिस्ट पार्टीसँग अन्तरपार्टी सम्बन्ध बनाउन रास्वपा तत्पर रहेको बताउँदै सुशासनका क्षेत्रमा सीपीसीको अनुभव रास्वपाका लागि उल्लेख्य हुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?