+
+
Shares

जनमत पार्टीले ‘वैकल्पिक मोर्चा’को पहल गर्ने, बनायो कार्यदल

जनमतले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) सम्मिलित ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ स्थापनाको लागि पहल गर्ने निर्णय गरेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते २१:४२

१ असार, काठमाडौं । जनमत पार्टी नेपालले विपक्षमा रहेका नयाँ दलहरू सम्मिलित ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ बनाउन पहल गर्ने भन्दै कार्यदल बनाएको छ ।

सोमबार जनमतले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) सम्मिलित ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ स्थापनाको लागि पहल गर्ने निर्णय गरेको जनाएको छ ।

राजनैतिक सिद्धान्त, विचार र लक्ष्य मिल्ने दलहरू भन्दै उसले पार्टी एकीकरण तथा मोर्चाबन्दी गर्न ती दलसँग वार्ता गर्ने भनेको छ ।

जसका लागि नरेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा वार्ता कार्यदल गठन गरेको छ । वार्ता टोलीको सदस्यमा जयकान्त राउत र प्रमोदकुमार गुप्तालाई राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?