२ असार, काठमाडौं । दुईपटकको अग्रता जोगाउन नसक्दा न्यूजिल्यान्ड फिफा विश्वकप–२०२६ मा आफ्नो पहिलो खेलमा इराकसँग बराबरीमा रोकिएको छ ।
अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा मंगलबार बिहान भएको खेलमा न्यूजिल्यान्ड र इरान २–२ को बराबरीमा रोकिएका हुन् ।
एलिजाह जस्टले सातौं मिनेटमा गोल गर्दै न्यूजिल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए । इरानका रामिन रेजाइयानले खेलको ३२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काए ।
खेलको ५५औं मिनेटमा एलिजाहले व्यक्तिगत दोस्रो गोल गर्दै न्यूजिल्यान्डलाई दोस्रोपटक अग्रता दिलाए । उक्त अग्रता पनि न्यूजिल्यान्डले जोगाउन सकेन ।
६४औं मिनेटमा मोहम्मद मोहेबीले गोल गर्दा इरान दोस्रोपटक खेलमा फर्कियो । त्यसपछि गोल हुन सकेन र दुवैले एकएक अंक बाँडे ।
समूह ‘जी’ कै अर्काे खेलमा बेल्जियम र इजिप्टले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए । योसँगै ४ वटै टोलीले समान १ अंक प्राप्त गरेका छन् ।
प्रतिक्रिया 4