+
+
Shares

रास्वपाको कर्णाली अधिवेशनमा प्यानलगत मत मागिएपछि उम्मेदवारले गरे विरोध

पहिलो चरणमा सभापति र प्रदेश सदस्यका लागि हुने मतदानमा खड्काले आफू पक्षीय उम्मेदवारमा टिक लगाएर मत मागेको नमूनापत्र सार्वजनिक भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १०:३७

२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली अधिवेशनमाा प्यानलगत मत मागेको नमूना मतपत्र वितरण गरिएपछि सभापतिका प्रतिस्पर्धीले आपत्ति जनाएका छन् ।

सुर्खेतको विरेन्द्रनगरमा तीन दिन देखि जारी पहिलो अधिवेशनमा सभापतिका उम्मेदवार मदनबहादुर खड्काले आफ्नो प्यानलका उम्मेदवारलाई जिताउने गरी नमूना मतपत्र वितरण गरेको भेटिएको हो ।

पहिलो चरणमा सभापति र प्रदेश सदस्यका लागि हुने मतदानमा खड्काले आफू पक्षीय उम्मेदवारमा टिक लगाएर मत मागेको नमूनापत्र सार्वजनिक भएको छ । सभापतिको उम्मेदवारमा थप दुई उम्मेदवारमा स्नेहा उपाध्याय नेपाल र नन्दकिशोर बस्नेत छन् । सभापतिका उम्मेदवार बस्नेतले प्यानल बनाएर मत मागिएको प्रति आपत्ति जनाए । प्यानल बनाएर उम्मेदवारलाई मत मागिएको भन्दै उनले नयाँ दलमा गलत प्रवृत्ति देखिएको बताए ।

हाल सभापति रहेका खड्काले सबै कर्णालीका सबै क्षेत्रबाट आफ्नो पक्षलाई टिक लगाएको मत मागेको नमूना पत्र सार्वजनिक भएको छ ।

तीन दिन देखि प्रतिनिधि विवादले रोकिएको मतदान प्रक्रिया मंगलबार विहानबाट सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?