२ असार, काठमाडौं । एसियाली राष्ट्र जोर्डनले अस्ट्रियासँग खेल्दै फिफा विश्वकप २०२६ मा डेब्यु गर्दैछ ।
उत्तर अमेरिकाको अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको विश्वकपमा चार नयाँ टोद्यी सहभागि भएकोमा कुरासाओ र केप भर्डेले डेब्यु गरिसकेका छन् ।
समूह जे मा रहेको जोर्डनले बुधबार बिहान ९:४५ बजे युरोपियन रास्ट्र अष्ट्र्लियासँग खेल्दै विश्व फुटबलकै ठूलो मञ्चमा डेब्यु गर्नेछ ।
फिफा वरियतामा अस्ट्रिया २४औं र जोर्डन ६३औं स्थानमा छ । फिफा वरियतामा ३९ स्थान माथि रहेको अस्ट्रिया विरुद्ध सुखद नतिजा ल्याउने लक्ष्यमा जोर्डन छ ।
अस्ट्रिया दुई पटकको सेमिफाइनलिस्ट हो सन् १९३४ मा पहिलो पटक सेमिफाइनल पुगेको अस्ट्रिया २० वर्षपछि १९५४ मा तेस्रो भएको थियो ।
त्यसपछि अस्ट्रिया एक पटक मात्र सन् १९८२ मा समूह्य चरण पार गरेको थियो ।
सन् १९५४ मा भएको विश्वकपमा अस्ट्रिया र स्विट्जरल्यान्ड बीचको खेलमा विश्वकप इतिहासकै सर्वाधिक १२ गोल भएको थियो । अस्ट्रियाले ३ गोलले पछि परेको स्थिती उल्टाउँदै स्विटजरल्यान्डलाई ७-५ ले पराजित गरेको थियो ।
अस्ट्रियाले विश्वकपमा एसियन राष्ट्रसँग खेल्न लागेको यो पहिलो पटक हो ।
जोर्डनले ५ जुन २०२५ मा एसियन छनोटमा ओमानलाई ३-० ल पराजित गर्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।
जोर्डनका मुख्य प्रशिक्षक जमल सेलामी सन् १९८६ को फिफा विश्वकपकमा मोरक्को टिमको सदस्य थिए ।
प्रतिक्रिया 4