२ असार, अर्घाखाँची । अर्घाखाँची जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ।
जिल्लाका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका आवश्यक खोप प्राप्त गरेको सुनिश्चित गर्दै जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
सन्धिखर्कमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले जिल्ला खोप समन्वय समितिका संयोजक जीवनारायण कोइराला र सदस्य सचिव कृष्णप्रसाद पोख्रेललाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
प्रमाणपत्र प्रदानसँगै पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा भएको हाे ।
अर्घाखाँची जिल्लालाई २०७१ सालमा पूर्ण खाेपयुक्त जिल्ला घाेषणा गरिएको थियोे । नेपाल सरकारकाे नियम अनुसार प्रत्येक वर्ष स्थानीय तह हुँदै जिल्ला सुनिश्चितता घाेषणा गरिन्छ ।
कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया 4