+
+
Shares

संसद्को सभाकक्षमा सभामुख प्रवेश गर्दा दुई मन्त्री नउठेको भन्दै सांसद महरको नियमापत्ति

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १५:३३

२ असार, काठमाडौं । प्रतिनिधिसभा बैठकको सभाकक्षमा सभामुख डोलप्रसाद अर्याल प्रवेश गर्दा दुई जना मन्त्री नउठेको भनेर नियमापत्ति भएको छ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले यो विषय उठाएका हुन् ।

बैठक बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठक दिउँसो सम्बन्धित मन्त्रीको अनुपस्थितिले १५ मिनेटका लागि स्थगित भएको थियो । स्थगित भएर पुन: सुरु भएको बैठकमा अन्य सदस्यहरू उठेको तर दुई जना मन्त्री नउठेको भनेर एमालेका प्रमुख सचेतकले नियमापत्ति गरेका हुन् ।

प्रतिनिधिसभा नियमावलीको नियम २० मा बैठकमा पालन गर्नुपर्ने नियम छ ।

जसको (क) मा भनिएको छ, ‘सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने’ भनिएको छ ।

सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने, सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न र उभिन नहुने लगायतका नियम समेत यसमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?