+
+
Shares

स्याङ्‍जामा ट्याक्टर पल्टिँदा दुई जना घाइते

स्याङ्जाको बिरुवा गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १७:२९

२ असार, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् ।

मंगलबार दिउँसो बिरुवा गाउँपालिका–५ सम्मखोरीस्थित बिरुवा–किचनास सडकखण्डमा ग १ त २९६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी बिरुवा गाउँपालिका–१ का १८ वर्षीय दिवस भुजेल र चालक नवलपरासी पश्चिम बर्दघाटका २४ वर्षीय कृष्ण चौधरी गम्भीर घाइते भएका छन् ।

स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार दुवै जना घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?