२ असार, काठमाडौं । इजरायलबाट फेरि लेबनानमा हमला भए अमेरिकासँगको युद्धविराम सम्झौता उल्लंघन भएको मानिने इरानले चेतावनी दिएको छ । इरानका विदेशमनत्री अब्बास अराघचीले मंगलबार यस्तो चेतावनी दिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
‘यो सम्झौतालाई दुई भागमा देख्न सकिन्छ,’ जसमा विदेशमन्त्री अराघचीले भनेका छन्, ‘एक भागमा इरान र हिजबुल्लाह छन् र अर्को तिर अमेरिका र इजरायल । युद्ध पूर्ण रूपमा रोकिन लेबनानमा लडाइँ रोकिनुपर्छ ।’
यदि इजरायलले लेबनानमा हमला वा जमिनमाथि कब्जा कायम राख्छ भने सम्झौताको उल्लंघन मानिने उनले चेतावनी दिए ।
इरान र अमेरिकाबीच सम्झौता भएपनि इजरायलका कैयौं नेताले त्यसलाई स्वीकारेका छैनन् । उता इजरायली सेनाले दक्षिणी लेबनानमा चरमपन्थीमाथि अझै पनि हमला जारी राखेको छ ।
प्रतिक्रिया 4