+
फिफा विश्वकप २०२६ :

फ्रान्सलाई २ गोलको अग्रता

२०८३ असार  ३ गते २:३७ २०८३ असार ३ गते २:३७

अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ८२औं मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाएका हुन् ।

३ असार, काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध २ गोलको अग्रता लिएको छ ।

अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ८२औं मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाएका हुन् ।

८० मिनेटमा मैदान प्रवेश गरेका बारकोलाले २ मिनेटमै गोल गर्न सफल भए ।

यसअघि कप्तान किलियन एम्बाप्पेले खेलको ६६औं मिनेटमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका थिए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय