३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रतिवेदन लेखन उपसमितिको संयोजक गणेश कार्की तोकिएका छन् ।
कार्की नेतृत्वको राजनीतिक प्रतिवेदन लेखन उपसमितिले पार्टीको राजनीतिक दस्तावेज, सभापति रवि लामिछानेको राजनीतिक दस्तावेज लगायतका कुरामा संयोजनको कार्य गर्ने कार्कीले जानकारी गराए ।
रास्वपाले सभापति लामिछानेको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ । पार्टीका नेताहरुले संयोजन गर्ने विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
असार ७ देखि ९ गतेसम्म चितवनमा हुने प्रथम अधिवेशनका लागि १८ वटा उपसमिति गठन गरिएको छ । कार्यक्रम संचालन एवं व्यवस्थापन, गुनासो व्यवस्थापन, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा, आर्थिक व्यवस्थापन, महाधिवेशन प्रतिनिधि व्यवस्थापन, कानुनी समन्वय, प्रचार प्रसार तथा सञ्चार समन्वय, सुरक्षा तथा स्वयंसेवक, सूचना प्रविधि, आवास तथा भोजन व्यवस्थापन, अतिथि सत्कार, हल तथा मञ्च व्यस्थापन, स्वास्थ्य सेवा, सांस्कृतिक कार्यक्रम, यातायात व्यवस्थापन, स्थानीय समन्वय सहकार्य, अभिलेखीकरण तथा दस्तावेजीकरण र अनुशासन उपसमिति गठन गरिएको छ ।
प्रतिक्रिया 4