+
+
Shares

पर्खाल लगाइरहेको समयमा माटोको ढिस्को खस्दा एक जना मजदुर घाइते

संखुवासभाको सदरमुकाम खाँदबारीमा पर्खाल लगाउने क्रममा माटोको ढिस्को खस्दा एक जना मजदुर घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३ गते १३:५३

३ असार, संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा पर्खाल लगाउने क्रममा माटोको ढिस्को खस्दा एक जना मजदुर घाइते भएका छन् ।

घाइते हुनेमा खाँदबारी नगरपालिका —८ का २५ वर्षीय विज्ञान विश्वकर्मा रहेका छन् ।

खाँदबारी नगरपालिका —१ स्थित हिमालय माध्यमिक विद्यालय परिसरमा कम्पाउन्ड वाल निर्माणका क्रममा उनीमाथि अचानक माटोको ढिस्को खसेको थियो ।

माथिबाट खसेको माटोको ढिस्कोले विश्वकर्माको टाउको भन्दामुनिको सबै भाग पुरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनलाई सकुशल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा पठाइएको प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?