+
+
Shares
कविता :

बुद्धको देशबाट शान्तिको बिगुल फुकिदेऊ

पुरुषोत्तम लोहनी पुरुषोत्तम लोहनी
२०८३ असार ३ गते १४:२८

रिसको मिसाइल बोकी हिँडिरहेको छु, सक्छौं भने ! शान्त बनाइदेऊ
आक्रोशमा आई, केही कुकर्म गर्न सक्छु कि, बिन्ती छ ! गीताको सार सुनाइदेऊ
क्रोध र अहंकारले जलिरहेको छु, आफ्नै सम्झी ! अमृत वाणीले ज्वाला निभाइदेऊ
तिमीले लगाएको असली ऋणको सबै हर्जना तिर्नेछु, बिना धितो ! किस्तामा मिलाइदेऊ

धन र पदका लागि लडिरहेको छु, गलत हुदाँ ! प्रतिष्ठाको भजन सुनाइदेऊ
हार र जितको चित्कारले त्रसित छु, सक्छौं भने ! युद्ध विरामको घोषणा गरिदेऊ,
बोलाइ, लेखाइ र गराइमा किन विफल हुँदैछु, सक्ने ले ! सफल हुने फर्मुला सिकाइदेउ,
समस्याको घैंटो भित्र रुमल्लिरहेको छु, दया लाग्छ भने ! ढक्कन खोलिदेऊ

भूत र भविष्यको घटना सम्झी
चिन्तित छु, क्षमता भय ! अध्यारो हटाइदेउ

हरेक दिन केही नयाँ हुने आशामा बाँचेको छु, ताकत भए ! लक्ष्य र गन्तव्य पहिल्याइदेऊ
जिन्दगीको रङ्गमञ्चमा अभिनय गर्दैछु, जानेको भय ! सांसारिक मोह बुझाइदेऊ
लोभ र पापले तिम्रो मनको सिमाना मिच्न सक्छु, आँट छ भने ! पर्खाल लगाइदेऊ

झुटको खेती अवस्था अनुसार गर्छु, तिम्रो इच्छा भए ! झुटको वर्गीकरण गरिदेऊ
आफू असल बन्न अनावश्यक हर्कत गर्न सक्छु, नम्र बनी ! यथार्थ बुझाइदेऊ
स्वर्ग र नर्कको दोबाटोमा
हराइरहेको छु, मोक्ष हुने ! मन्त्र सुनाइदेऊ
बुद्धको देशमा जन्मँदा गौरवान्वित छु,
सबै नेपाली मिली ! विश्वमा शान्तिको बिगुल फुकिदेऊ

लेखक
पुरुषोत्तम लोहनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?