+

रक्तदानपछि छिटै ताजा महसुस गर्न के-के खाने ?

२०८३ असार  ३ गते १८:३६ २०८३ असार ३ गते १८:३६
रक्तदानपछि छिटै ताजा महसुस गर्न के-के खाने ?

रक्तदान गर्नु असाध्यै राम्रो काम हो, यसले धेरैको ज्यान बचाउन सहयोग पुगिरहेको हुन्छ । हाम्रो शरीरमा रगत बन्ने र नष्ट हुने क्रम चलिरहन्छ उसै पनि बनेको १२० दिनभित्र रगत आफैं नष्ट हुन्छ । यसरी तष्ट भएर जाने रगत दान गर्दा केही फरक पर्दैन ।

रक्तदान गरेपछि कमजोरी हुन्छ कि भनेर धेरैलाई चिन्ता हुन्छ । कहिलेकाहीँ रक्तदान गरेपछि चक्कर लाग्ने र कमजोरी हुने पनि हुन सक्छ तर त्यो धेरै समय रहँदैन । रक्तदान गरेपछि के खाँदा रगत छिटो पूर्ति हुन्छ र पहिलेजस्तै ताजा महसुसु हुन्छ भन्नेबारेमा पनि धेरैलाई चासो हुनेगर्छ।

के खाने ?

रक्तदानपछि हाम्रो शरीरमा आइरनको कमी हुन सक्छ त्यसैले आहारमा आइरन पुनःपूर्ति गर्न मद्दत गर्ने खानेकुराहरू समावेश गर्नु महत्त्वपूर्ण छ । फलफूल र भिटामिन सी युक्त खानेकुराहरूले पनि चाँडै ताजा महसुस गर्न मद्दत गर्छ ।

रक्तदान गरेपछि आइरन किन चाहिन्छ ?

रक्तदान गरेपछि शरीरमा आइरनको कमी हुन्छ । त्यसकारण, यो कमीलाई पूरा गर्नु महत्त्वपूर्ण छ किनभने आइरनले हेमोग्लोबिन बनाउन मद्दत गर्छ, जसले शरीरका विभिन्न भागहरूमा अक्सिजन पुर्‍याउँछ।

हरियो सागपात

रक्तदान गरेपछि पालुङ्गो, मेथी, तोरीलगायतका हरियो तरकारीहरू खानुपर्छ । यी आइरनको राम्रो स्रोत हुन् । यिनले आइरनको कमीलाई छिट्टै पूरा गर्न मद्दत गर्न सक्छ ।

दाल र गेडागुडी

दाल, सिमी, गेडागुडीमा फलाम र प्रोटिन दुवै प्रशस्त हुन्छ । तिनीहरूले शरीरलाई नयाँ रक्त कोषहरू उत्पादन गर्न मद्दत गर्छन्।

सुकेको फलफूल

किसमिस, खजुर, नेभारा र सुकेको खुर्पानी आदिमा प्रशस्त मात्रामा फलाम हुन्छ । खाजामा यिनीहरूलाई समावेश गर्दा राम्रो हुन्छ ।

अनार

अनारमा फलाम, भिटामिन र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा हुन्छन् । रक्तदान पछि अनार खाँदा रगतको कमी पूरा गर्न मद्दत गर्न सक्छ।

भिटामिन सी भएका खानेकुरा

सुन्तला, अमला, कागती वा मौसम जस्ता फलफूल खानुपर्छ । भिटामिन सीले खानामा भएको आइरनलाई शरीरमा सजिलै सोस्न मद्दत गर्छ ।

के पिउने ?

–रक्तदान गरेपछि, तपाईंले पानी पिउनुपर्छ ।

–नरिवल पानी र ताजा फलफूलको रस पनि पिउन सक्नुहुन्छ ।

रक्तदान गर्नेबित्तिकै के नगर्ने ?

रक्तदान गरेपछि तुरुन्तै भारी व्यायाम गर्नुहुँदैन । कम्तीमा २४ घण्टा कडा खालको श्रम गर्नुहुँदैन । यदि चक्कर लाग्ने वा कमजोर महसुस हुन्छ भने, बसेर पानी तुरुन्तै पानी तथा झोल कुरा पिउनुपर्छ ।

२४ घण्टासम्म मदिरा तथा धुम्रपान गर्नु हुँदैन। धेरै कडा कफी वा चिया तुरुन्तै नखाँदा राम्रो हुन्छ, यसले आइरन सोस्न बाधा पुर्‍याउँछ ।

रक्तदान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रक्तदानपछि छिटै ताजा महसुस गर्न के-के खाने ?

रक्तदानपछि छिटै ताजा महसुस गर्न के-के खाने ?

स्वास्थ्य शिक्षा प्रवेश परीक्षामा केवल अंकको मात्रै प्रतिस्पर्धा कति उपयुक्त ?

स्वास्थ्य शिक्षा प्रवेश परीक्षामा केवल अंकको मात्रै प्रतिस्पर्धा कति उपयुक्त ?

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान