+
+
Shares

चिनियाँ कम्पनी हुवावेको प्रतिनिधिमण्डलले गर्‍यो सञ्चारमन्त्रीसँग भेटवार्ता

चिनियाँ कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्र अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटवार्ता गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १६:०७

४ असार, काठमाडौं । चिनियाँ कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्र अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटवार्ता गरेको छ ।

मन्त्रालयमा भएको भेटवार्तामा अध्यक्ष हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको बताउँदै त्यसका लागि हुवावेले नेपालसँग काम गर्न चाहेको बताएका छन् । उनले आफ्नो कम्पनीसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले नेपालसँग सहकार्य गर्न सकिने बताएको मन्त्रालयस्रोतले जनाएको छ ।

उनले नेपाल सरकारले अघि बढाएको डिजिटल नेपालको अभियानलाई प्रभावकारी बनाउन हुवावे विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार रहेको पनि बताएका थिए ।

दूरसञ्चार पूर्वाधारको आधुनिकीकरण, स्वच्छ ऊर्जा प्रविधि, आधुनिक डेटा सेन्टर निर्माण, कृत्रिम बौद्धिकता (एआई), क्लाउड कम्प्युटिङ तथा डिजिटल पूर्वाधार विकासमा काम गरिरहेको र यी क्षेत्रमा नेपालसँग दीर्घकालीन सहकार्य गर्न चाहेको उनले मन्त्री तिमिल्सिनालाई जानकारी गराएका थिए ।

भेटमा मन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रको सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै देशभर गुणस्तरीय तथा भरपर्दो दूरसञ्चार सेवा विस्तार गर्न लागिएको उल्लेख गरेका थिए ।

नेपालमा हुवावेले लामो समयदेखि दूरसञ्चार पूर्वाधार निर्माण तथा प्राविधिक सेवा दिँदै आएकामा कम्पनीको सेवा र कार्यसम्पादनमाथि कुनै प्रश्न उठ्ने अवस्था आउन नहुने पनि मन्त्री तिमिल्सिनाले बताए ।

‘नेपालमा हुवावेले गरेको काम र सेवामाथि कुनै प्रश्न उठ्नु हुँदैन । यदि कतै समस्या देखिन्छ भने त्यसलाई तत्काल समाधान गर्नुपर्छ । पारदर्शी, जिम्मेवार र सेवा प्रवाहमा कुनै समस्या नदेखिनेगरी काम गर्नुहोला,’ भेटमा मन्त्री तिमिल्सिनाले भने । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?