News Summary
Generated by OK AI. Editorially reviewed.- मानव बेचबिखनको आशङ्कामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ जना महिलालाई फर्काएर प्रहरीले अनुसन्धान शुरू गरेको छ ।
- प्रारम्भिक अनुसन्धानमा ओमन लैजाने भन्दै ती महिलाहरूलाई भिजिट भिसामा कुवेत पठाउन लागिएको प्रहरीले जनाएको छ ।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पीडित महिलाहरूसँग सोधपुछ गर्दै बेचबिखनमा संलग्न गिरोहको खोजी गरिरहेको छ ।
४ असार, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २७ महिलालाई फर्काइएको छ ।
बुधबार मानव बेचबिखन गिरोहले विदेश लैजान लागेको भन्ने सूचना पाएपछि र विमानस्थल सुरक्षा प्रहरी कार्यालयले २७ महिलालाई विदेश जान रोकेको थियो ।
त्यसपछि २७ महिलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाइएको हो ।
अहिले ती महिलामाथि सोधपुछ गरेर अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
‘हामीले सोधपुछका लागि नियन्त्रणका लिएका महिला आफैं पीडित हुन् । उनीहरूलाई फकाएर, झुक्याएर कसले विदेश लैजान लागेको हो भन्नेबारे अनुसन्धान गर्दैछौं,’ उनले भने ।
अहिलेसम्मको प्रारम्भिक अनुसन्धानको क्रममा ओमन जाने भनेर ती महिलाहरूलाई भिजिट भिसामा कुवेत लैजान लागेको पाइएको छ । यसरी लैजाने गिरोहबारे अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4