+
+
Shares

सरकारको मुख्य दायित्व भ्रष्टाचार नियन्त्रण र सुशासन : गृहमन्त्री गुरुङ

‘इन्टिमेन्टेशन एन्ड फलोअप मेरो पहिलो प्राथमिकता हो । कुनै सम्झौता नहुने व्यहोरा सदनलाई निवेदन गर्न चाहन्छु,’ गुरुङले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले “सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ” भनी बताएका छन् ।
  • गुरुङले प्रहरीका केन्द्रीय र प्रदेश प्रमुखलाई मातहतका कर्मचारीको निगरानी गर्न र कार्यसम्पादनका आधारमा दण्ड वा पुरस्कार दिन निर्देशन दिएका छन् ।
  • गृहमन्त्री गुरुङले अर्को वर्ष दुवै प्रहरीतर्फ ७९ वटा भवन निर्माण गर्न बजेट विनियोजन भएको जानकारी दिएका छन् ।

४ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकाले भ्रष्टाचार रोक्नका लागि शून्य सहनशीलताको नीति लिएको बताएका छन् ।

आफ्ना मन्त्रालयका विनियोजित शिर्षकमाथिका प्रश्नको जवाफ दिने क्रममा उनले अहिलेको सरकारको मुख्य दायित्व नै भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने रहेको जिकिर गरे ।

‘सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ । भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने यो सरकारको मुख्य दायित्व भएकाले प्रहरीका केन्द्रीय र प्रदेशका प्रमुखलाई मातहतका कर्मचारीको निगरानी गर्न र कार्यसम्पादन मूल्यांकनका आधारमा पुरस्कार वा दण्ड दिने नीतिलाई कडाइका साथ निर्देशन दिएको छु,’ गृहमन्त्री गुरुङले भने ।

साथै, उनले इन्टिमेन्टेशन एन्ड फलोअप आफ्नो पहिलो प्राथमिकता रहेको जिकिर गरे ।

‘अर्को वर्षमा दुवै प्रहरीतर्फ ७९ वटा भवन निर्माण गर्न बजेट विनियोजन भएको जानकारी गराउँछु । इन्टिमेन्टेशन एन्ड फलोअप मेरो पहिलो प्राथमिकता हो । कुनै सम्झौता नहुने व्यहोरा सदनलाई निवेदन गर्न चाहन्छु,’ गुरुङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?