+
+
Shares

निर्मला पन्त हत्या प्रकरणमा गृहमन्त्रीले भने– गुपचुपमै काम भइरहेको छ

कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणको पनि अनुसन्धान भइरहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धान भइरहेको बताउनुभएको छ ।
  • गृह मन्त्रालयको बजेटमाथिको छलफलमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।
  • निर्मला पन्तको हत्यापछि सो घटनामा राजनीति गर्नेहरूका विषयमा पनि काम अघि बढाइएको दाबी गृहमन्त्रीले गर्नुभयो ।

४ असार, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणको पनि अनुसन्धान भइरहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

गृह मन्त्रालयको बजेटमाथिको छलफको क्रममा गृहमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । सांसदले बालिका पन्तको बलात्कार हत्याको अनुसन्धानबारे प्रश्न सोधेका थिए ।

यसबारे जवाफ दिँदै मन्त्री गुरुङले भने, ‘तपाईंहरूले निर्मला पन्तको कुरा उठाउनु भएको छ । कतिपय काम गुपचुप गर्नुपर्ने अवस्था हुँदो रहेछ । यो विषयमा हामी एकदम संवेदनशील छौं । हामीले सिरियस्ली हेरेका छौं । हाम्रा छोरी चेलीलाई हत्या गरे । त्यसपछि त्यो घटनामा क–कसले राजनीति गरे । त्यस विषयमा पनि हामीले काम अघि बढाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?