News Summary
Generated by OK AI. Editorially reviewed.- आईकौरको नवीनतम विद्युतीय एसयूभी ‘सुपर भी–२३’ ले जर्मनीमा प्रदान गरिने प्रतिष्ठित ‘रेड डट अवार्ड’ जित्न सफल भएको छ ।
- उत्कृष्ट डिजाइन र नवप्रवर्तनका कारण सन् १९५५ मा स्थापित यस पुरस्कारलाई ‘डिजाइन जगतको ओस्कार’ समेत मानिन्छ ।
- यस गाडीमा क्लासिक बाकस आकारको बाह्य संरचना, २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र बहुआयामिक प्रयोगको विशेषता रहेको छ ।
४ असार, काठमाडौं । आईकौरको नवीनतम विद्युतीय एसयूभी ‘सुपर भी–२३’ ले जर्मनीमा प्रदान गरिने डिजाइन कन्सेप्टमा आधारित प्रतिष्ठित रेड डट अवार्ड जित्न सफल भएको छ।
यस उपलब्धिले आईकौरको मौलिक डिजाइन क्षमता तथा भविष्यको गतिशीलताप्रतिको दूरदर्शी सोचलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाएको कम्पनीले जनाएको छ।
सन् १९५५ मा स्थापना भएको रेड डट डिजाइन अवार्डलाई आईएफ डिजाइन अवार्ड र अन्तर्राष्ट्रिय डिजाइन उत्कृष्टता अवार्ड (आईडिईए) सँगै विश्वकै तीन प्रतिष्ठित डिजाइन सम्मानमध्ये एक मानिन्छ।
उत्कृष्ट डिजाइन र नवप्रवर्तनलाई सम्मान गर्ने यस अवार्डलाई ‘डिजाइन जगतको ओस्कार’ समेत भन्ने गरिन्छ । ‘आईकौर सुपर भी–२३ ले क्लासिक डिजाइन, उपयोगी इन्टेरियर स्पेस तथा बहुआयामिक प्रयोग अनुभवका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका उच्च मापदण्ड पूरा गरेको प्रमाणित अवार्डबाट भएको छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ।
डिजाइनका दृष्टिले सुपर भी–२३ ले पूर्ण विद्युतीय प्लेटफर्मका विशेषतालाई प्रभावकारी रूपमा उपयोग गरेको छ । गाडीमा चारै कुनामा पाङ्ग्रा रहने संरचना, ४३ डिग्री एप्रोच एंगल, ४१ डिग्री डिपार्चर एंगल तथा २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ। झण्डै १ः१ चौडाइ–उचाइ अनुपात, बाकसजस्तो बाह्य संरचना तथा स्पष्ट रेखाहरूले यसलाई बलियो र आकर्षक स्वरूप प्रदान गरेका छन् ।
हाल विश्वव्यापी रूपमा बाकस आकारका सवारीसाधनको डिजाइनप्रति आकर्षण बढ्दै गएको छ। परम्परागत सोचभन्दा फरक, स्वतन्त्र र मौलिक डिजाइन दर्शनका कारण सुपर भी–२३ ले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारसँगै ग्राहकबाट समेत व्यापक प्रशंसा प्राप्त गरिरहेको कम्पनीको दाबी छ।
आईकौरले आगामी दिनमा पनि नवप्रवर्तन र मौलिक डिजाइनलाई केन्द्रमा राख्दै युवा पुस्ताका लागि विशिष्ट मूल्य प्रदान गर्ने उत्पादन विकासलाई निरन्तरता दिने कम्पनीको भनाइ छ । कम्पनीले ‘राइड टु चियर’ नामक आफ्नो विश्वव्यापी अभियानमार्फत खुला वातावरणमा हुने यात्रा, सवारी अनुकूलन कार्यक्रम तथा शोरुम अनुभवका माध्यमबाट ग्राहकसँग रमाइला क्षणहरू साझा गर्दै आएको छ ।
प्रतिक्रिया 4