News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा चराचुरुङ्गीका लागि पानीपात्र निर्माण गर्ने घोषणा गरेको छ ।
- महानगरले ‘प्लास्टिक झोलामुक्त काठमाडौंका लागि वैकल्पिक झोला अभियान सञ्चालन गर्न आवश्यक रकम विनियोजन भएको छ,’ भन्ने घोषणा गरेको छ ।
- आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासमा ५ अर्ब ४१ करोड र वातावरण व्यवस्थापनमा १ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले चराचुरुङ्गीका लागि पानीपात्र निर्माण गर्न बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस्तोे घोषणा गरिएको छ ।
‘प्लास्टिक झोलामुक्त काठमाडौंका लागि वैकल्पिक झोला अभियान सञ्चालन गर्न आवश्यक रकम विनियोजन भएको छ,’ बजेटमा छ ।
आगामी आवका लागि मूलत: वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड, शिक्षा १ अर्ब ७१ करोड, सम्पदा संरक्षणका लागि २ अर्ब ५३ करोड, सामाजिक विकास ४९ करोड, पूर्वाधार विकास ५ अर्ब ४१ करोड, हरियाली प्रवर्र्द्धन गर्न ४३ करोड, सूचना प्रविधि ४१ करोड, स्वास्थ्य सेवा ७० करोड र विपद् व्यवस्थापनका लागि ३६ करोड विनियोजन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4