News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आगामी ७ देखि ९ असारसम्म चितवनमा आयोजना हुने भएको छ ।
- महाधिवेशनको तयारीलाई तीव्रता दिन पार्टीले विभिन्न १८ वटा उपसमिति गठन गरेको छ ।
- महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रचारप्रसार, सुरक्षा, आर्थिक र आवाससहितका उपसमितिहरू गठन गरिएको जानकारी दिए ।
४ असार, काठमाडौं । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशन यही असार ७-९ सम्म चितवनमा हुँदैछ ।
यसको तयारीका लागि पार्टीले विभिन्न १८ उपसमितिहरू गठन गरेको छ ।
कार्यक्रम सञ्चालन एवम् व्यवस्थापन उपसमिति, प्रतिवेदन उपसमिति, प्रतिवेदन समन्वय उपसमिति, गुनासो व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति, कानुनी समन्वय उपसमिति, प्रचार प्रसार तथा सञ्चाल समन्वय उपसमिति, सुरक्षा तथा स्वयंमसेवक परिचालन समिति गठन गरिएको छ ।
त्यस्तै सूचना प्रविधि, आवास भोजन व्यवस्थापन उपसमिति, अतिथि सत्कार, हल तथा मञ्च व्यवस्थापन, स्वास्थ्य सेवा उपसमिति, सांस्कृतिक कार्यक्रम, यातायात व्यवस्थापन, स्थानीय समन्वय, अभिलेखीकरण तथा दस्तावेजीकरण, अनुशासन उपसमिति गठन गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
यस्तो छ उपसमिति

प्रतिक्रिया 4