+
+
Shares

योगमाया स्मृति सम्मान ठकुरी र चापागाईंलाई प्रदान गरिने

नेपाल स्रष्टा समाजले २०८३ सालको योगमाया स्मृति सम्मान दुई जना श्रष्टालाई प्रदान गर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्रष्टा समाजले २०८३ सालको योगमाया स्मृति सम्मान वरिष्ठ साहित्यकार माया ठकुरी र वरिष्ठ समालोचक निनु चापागाईँलाई प्रदान गर्ने निर्णय गरेको छ ।
  • ठकुरीलाई ‘राष्ट्रिय नारी स्रष्टा सम्मान’ र चापागाईँलाई ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ अर्पण गरिने भएको छ ।
  • दुवै विधाका सम्मानको राशि जनही ५० हजार १११ रुपैयाँ रहेको नेपाल स्रष्टा समाजले जनाएको छ ।

४ असार, काठमाडौं । नेपाल स्रष्टा समाजले २०८३ सालको योगमाया स्मृति सम्मान दुई जना श्रष्टालाई प्रदान गर्ने निर्णय गरेको छ ।

समाजले ‘राष्ट्रिय नारी स्रष्टा सम्मान’ वरिष्ठ साहित्यकार माया ठकुरी र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ वरिष्ठ समालोचक निनु चापागाईँलाई प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाली इतिहासकी साहसी, विद्रोही र क्रान्तिकारी व्यक्तित्व योगमायाको नाममा ती सम्मान स्थापित भएर हरेक वर्ष अर्पण गरिँदै आएको छ ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’का अनुसार समाजले योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान २०६५ साल र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान २०७५ सालदेखि प्रदान गरिँदै आएको छ । दुवै सम्मानको राशि नगद ५० हजार १११ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?