News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन तोलामा साढे १० हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
- चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा ३०५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भएको छ ।
५ असार, काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ थियो ।
त्यस्तै चाँदी आज तोलामा ३०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६४० रुपैयाँमा कायम भएको छ । गत शुक्रबार चाँदीको भाउ प्रतितोला ४ हजार ८४० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4