+
+
Shares

नीति निर्माणमा नागरिक सहभागिता बढाउन कांग्रेसको ‘स्मार्ट फाराम’

नेपाली समाज र जीवनका ज्वलन्त विषयमा सहकार्य गर्न इच्छुकहरूलाई डिजिटल प्रक्रियाबाट जोडिनका लागि ‘स्मार्ट फाराम’ सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले डिजिटल प्रक्रियामार्फत इच्छुक स्वयंसेवीहरूसँग सहकार्य गर्न ‘स्मार्ट फाराम’ सार्वजनिक गरेको छ ।
  • कांग्रेसले पहिलो चरणमा जलवायु परिवर्तन, मानसिक स्वास्थ्य र उद्यमशीलतासहित ८ वटा विषयमा सहकार्य गर्न स्वयंसेवीलाई आह्वान गरेको छ ।
  • इच्छुक व्यक्तिहरूले क्युआर कोड स्क्यान गरी आफ्नो रुचि र दक्षताका आधारमा निश्चित विषयको सहकार्य टोलीमा जोडिन सक्नेछन् ।

५ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘स्मार्ट फाराम’ सार्वजनिक गरेको छ ।

प्रतिष्ठानले शुक्रबार पार्टीको आधिकारिक फेसबुक पेजमार्फत ‘स्मार्ट फाराम’ सार्वजनिक गर्दै इच्छुक स्वयंसेवीलाई सहकार्यको आह्वान गरेको हो ।

नेपाली समाज र जीवनका ज्वलन्त विषयमा सहकार्य गर्न इच्छुकहरूलाई डिजिटल प्रक्रियाबाट जोडिनका लागि ‘स्मार्ट फाराम’ सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले क्यूआर कोड स्क्यान गरेर निश्चित कुनै एक विषयमा ‘सहकार्य टिम’ मा जोडिन सकिने बताएका छन् । सहकार्यका लागि कांग्रेसले प्रथम चरणका लागि विभिन्न आठ वटा विषयहरू छनोट गरेको छ ।

जलवायु परिवर्तन, मानसिक स्वास्थ्य सचेतना, उद्यमशीलता, डिजिटल सचेतना, दुव्र्यसनमुक्त समाज, जातीय विभेदविरुद्ध सचेतना, बाल श्रम उन्मूलन तथा कला र साहित्य गरी आठ विषय छनोट गरिएको दुलालले बताए ।

प्रथम चरणमा इच्छुक भएर जोडिनेहरूको रुचिगत विषय र दक्षताका आधारमा सहकार्य प्रारम्भ गरेर दोस्रो चरणका विषय सार्वजनिक गरिने उनले बताए ।

उनले पार्टीका सदस्य वा स्वतन्त्र ढंगले काम गरिरहेका विषयगत रुचि राख्नेहरूलाई नीति निर्माण र चेतनामूलक अभियानमा समेट्ने उद्देश्यले ‘स्मार्ट फाराम’ सार्वजनिक गरिएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?