+
+
Shares

सरकार कानुनी राज्यको उपहास गर्दैछ, सबै पक्ष सजग रहौं : नैनसिंह महर

‘यदि कुनै पनि शक्ति वा प्रवृत्तिले लोकतान्त्रिक र संवैधानिक संरचनालाई कमजोर बनाउने प्रयास गर्छ भने नागरिक समाज, राजनीतिक दल, निजी क्षेत्र र आम नागरिक सबै सजग हुन आवश्यक छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १४:४४

५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकार कानुनी राज्यको धज्जी उडाइरहेको टिप्पणी गरेका छन् । शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले लोकतान्त्रिक र संवैधानिक व्यवस्थाको उपहास गर्न लागेकाले सबै पक्ष सजग रहनुपर्ने बताएका हुन् ।

नेता महरले आफ्नो सम्बोधनमा लोकतान्त्रिक मूल्य, विधिको शासन र संविधानप्रतिको प्रतिबद्धता कमजोर हुन नदिन सबै सचेत रहनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘यदि कुनै पनि शक्ति वा प्रवृत्तिले लोकतान्त्रिक र संवैधानिक संरचनालाई कमजोर बनाउने प्रयास गर्छ भने नागरिक समाज, राजनीतिक दल, निजी क्षेत्र र आम नागरिक सबै सजग हुन आवश्यक छ ।’

नेता महरले विदेशमा पसिना बगाइरहेका लाखौं नेपाली श्रमिकको योगदानको चर्चा गर्दै उनीहरूको त्यागले देशको अर्थतन्त्र धानिरहेको बताए ।

‘तर, सरकार भने व्यवसायीहरूको तेजोबध गर्नतर्फ उद्दत छ,’ उनले भने, ‘प्रत्येक रेमिट्यान्सको पछाडि एउटा परिवारको सपना, एउटा आमाको प्रतीक्षा र एउटा बालबालिकाको भविष्य जोडिएको हुन्छ । त्यसैले श्रमिकको सम्मान र उनीहरूको अधिकारको संरक्षण हाम्रो साझा दायित्व हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?