+
+
Shares

इरानले भन्यो : लेबनानमा हमला रोकिने ग्यारेन्टी पाए मात्र अमेरिकासँग वार्ता

इरानले हालै हस्ताक्षर भएको सम्झौतामा तय गरिएका प्रावधानहरू बमोजिम लेबनानमा लडाइँ अन्त्य हुने विश्वास दिलाउनुपर्ने माग गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १५:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले लेबनानमा हमला रोकिने ग्यारेन्टी पाए मात्र अमेरिकासँग वार्ता पुनः सुरु गर्ने अडान लिएको छ ।
  • फ्रान्समा १४ बुँदे अन्तरिम शान्ति सम्झौता भए पनि इजरायलले दक्षिणी लेबनानमा सैन्य हमला जारी राखेको छ ।
  • दुई देशबीचको वार्ता स्थगित भएपछि अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको स्विट्जरल्यान्ड भ्रमण अन्तिम समयमा रद्द भएको छ ।

५ असार, काठमाडौं । इरानले लेबनानमा हमला रोकिने ग्यारेन्टी पाए मात्र अमेरिकासँग वारत् हुने बताएको छ ।

सीएनएनले एक कूटनीतिज्ञलाई उद्धृत गर्दै जनाएअनुसार, इरानले स्विट्जरल्यान्डमा अमेरिकासँगको वार्ता पुनः सुरु गर्नुअघि लेबनानमा भइरहेको सैन्य कारबाही रोकिने पूर्ण ग्यारेन्टी चाहेको बताएको हो।

इरानले हालै हस्ताक्षर भएको सम्झौतामा तय गरिएका प्रावधानहरू बमोजिम लेबनानमा लडाइँ अन्त्य हुने विश्वास दिलाउनुपर्ने माग गरेको छ।

लेबनानमा इजरायलको लगातारको हमलापछि प्रस्तावित अमेरिका–इरान वार्तालाई अस्थायी रूपमा स्थगित गरिएको छ। यद्यपि, यो वार्ता पुनः कहिले सुरु हुन्छ भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइएको छैन।

विहीबार मात्रै फ्रान्सको भर्साइल दरबारमा इरान युद्ध अन्त्य गर्नेसम्बन्धी १४ बुँदे अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। उक्त सम्झौतामा लेबनानसहित सबै मोर्चाहरूमा युद्ध अन्त्य गर्ने कुरा उल्लेख थियो।

सोही सम्झौतालाई कार्यान्वयन गर्ने विषयमा छलफल गर्न आज (शुक्रबार) स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा दुई देशबीच पहिलो औपचारिक वार्ता हुने तय भएको थियो। अमेरिकी उपराष्ट्रपति जेडी भेन्स त्यहाँ जाने तयारीमा थिए, तर अन्तिम समयमा आएर भ्रमण रद्द भएको छ ।

शान्ति सम्झौता लागू भएपछि पनि इजरायलले दक्षिणी लेबनानमा आफ्ना सेना नहटाउने अडान लियो र त्यहाँ लगातार हमलाहरू गरिरहेको छ । यसमा इजरायली र लेबनानी दुवैतर्फ मानवीय क्षति भएको छ ।

इजरायलको यही कदमले सम्झौताको सर्त उल्लङ्घन भएको भन्दै इरान रुष्ट बनेको छ र लेबनानमा युद्ध नरोकिएसम्म अमेरिकासँगको थप वार्ता अगाडि नबढाउने अडान लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?