+
+
Shares

जावलाखेलमा देखाइयो भोटो

भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन शाह लगायतका उच्च पदस्थ व्यक्तिहरू पुगेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको जावलाखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा ऐतिहासिक भोटो जात्रा मनाइएको छ ।
  • गुठी संस्थानका प्रतिनिधिले सार्वजनिक रूपमा भोटो देखाउँदा जावलाखेलमा भोटो अवलोकन गर्न सर्वसाधारणको बाक्लो भीड लागेको थियो ।
  • भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको रथयात्रा समापन गरी मूर्तिलाई बुङमती लगिएको छ ।

६ असार, काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो जात्रा मनाइएको छ ।

मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौंथो दिन शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो ।

भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन शाह लगायतका उच्च पदस्थ व्यक्तिहरू पुगेका थिए ।

मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो भने गुठी संस्थानका प्रतिनिधिले भोटो देखाए ।

त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरुले टीका र प्रसाद ग्रहण गरे ।

भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा समापन भएको छ ।

मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकालेर खटमा राखेर बाजागाजासहित बुङमति लगिएको छ ।

बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँग भोटोको स्वामित्वको विषयमा भक्तपुरका ज्यापु वैद्यले झगडा गरेको र त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रुपमा प्रमाणसहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन शुरु भएको जनविश्वास छ । वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?