पिन्टरेस्ट कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित नयाँ फिचरहरूको घोषणा गरेको छ। यसमा एउटा नयाँ विजनेश असिस्टेन्ट, एड क्रिएसन टुल्स र नयाँ एआई-पावर्ड एप सामेल छन्। यी फिचरहरूले नेक्स्ट जेनेरेसन सपिङ एक्सपेरियन्स विकास गर्न मद्दत गर्ने पिन्टरेस्टको दाबी छ ।
पिन्टरेस्टले नयाँ ‘विजनेश असिस्टेन्ट’ सार्वजनिक गरेको छ। यो कम्पनीको आफ्नै एआई असिस्टेन्ट टुल हो। यसलाई सिधै एड्स म्यानेजर भित्र राखिएको छ। पिन्टरेस्टको यो विजनेश असिस्टेन्टले एड्भरटाइजर्सहरूलाई आवश्यक सुझाव र डाटामा आधारित नोटहरू उपलब्ध गराउनेछ। मुख्य बुँदाहरू बुझाउन यसले ग्राफ र चार्टहरू पनि देखाउनेछ। यो फिचर हाल क्लोज्ड बेटा संस्करणमा केही छानिएका एड पार्टनर्सहरूका लागि मात्र उपलब्ध छ। यसले विज्ञापन बनाउने प्रक्रियामा एआई कोलाबारेटर को रूपमा काम गर्नेछ ।
पिन्टरेस्टले ‘मोडेल कन्टेक्स्ट प्रोटोकल’ को पनि घोषणा गरेको छ। यो एउटा एआई-नेटिभ इन्फ्रास्ट्रक्चर हो। यसले पिन्टरेस्टलाई एड्भरटाइजर्सहरूले प्रयोग गर्ने कोपाइलट्स र एजेन्टिक टुल्स सँग जोड्नेछ। अब एड्भरटाइजर्सहरूले पिन्टरेस्ट एड्स डाटालाई आफ्नो रोजाइको एआई च्याटबटमा प्लग इन गर्न सक्नेछन्। यसले पिन क्याम्पेनको पर्फर्मेन्स बढाउन थप विकल्पहरू दिनेछ।
पिन्टरेस्टमा नयाँ क्रिएटिभ एआई टुल्स पनि थपिएका छन्। यसमा ‘डाइनामिक क्रिएटिभ सेलेक्सन’ सामेल छ। यसले विज्ञापनका सामग्रीहरूको मूल्याङ्कन गर्नेछ। यसले कुन भेरियन्ट सबैभन्दा राम्रो चल्न सक्छ भन्ने कुरा पत्ता लगाउनेछ। पिन्टरेस्टले नयाँ एड रिभ्यु टुल्स र क्रिएटिभ रिपोर्टिङ ब्रेकआउट्स पनि रोलआउट गर्दैछ। यसले क्याम्पेनका एलिमेन्टहरूमा बढी फिडब्याक दिनेछ।
अन्त्यमा, पिन्टरेस्टले ‘आस्क पिन्टरेस्ट’ एपको घोषणा गरेको छ। कम्पनीले यस एपको प्रयोग नयाँ कन्सेप्ट र आइडियाहरू खोज्नका लागि गर्नेछ। आस्क पिन्टरेस्टको उद्देश्य मेन एपभन्दा बाहिर युजर एक्सपेरियन्स विस्तार गर्नु हो।
यो एप कुराकानीमा आधारित र जटिल निर्णयहरूका लागि डिजाइन गरिएको हो। बजेटमा डिनर पार्टी प्लान गर्ने वा कोठा सजाउने जस्ता कामका लागि यो सहयोगी हुनेछ। यो एआई प्रणालीले पुराना सेशन्सको कन्टेक्स्ट पनि सम्झिएर राख्नेछ। आस्क पिन्टरेस्ट एप हाल अमेरिकामा मात्र उपलब्ध छ। पिन्टरेस्टमा हाल ६३१ मिलियन एक्टिभ युजरहरू छन् ।
प्रतिक्रिया 4