News Summary
Generated by OK AI. Editorially reviewed.- साँफे–मार्तडी राजमार्गको बुढीगंगा नगरपालिका–१० रिठा बजार नजिक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
- महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भई सडकमा पल्टिएको थियो ।
- दुर्घटनाका सबै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
७ असार, बाजुरा । साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगंगा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट यात्री लिएर सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएर बीच सडकमै पल्टिदा उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।
दुर्घटनाको खबर प्राप्त हुना साथ प्रहरी टोली उद्धारमा खटेको तथा सबै घाइतेलाई जिल्ला अस्पताल पुर्याइएको छ । घाइतेको अवस्था सामान्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4