News Summary
Generated by OK AI. Editorially reviewed.- सोमबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेर २ लाख ८८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
- यस्तै चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेर प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँ पुगेको छ ।
८ असार, काठमाडौं । सोमबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । गत सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७३० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदीको भाउ प्रतितोला ५ हजार १५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4