+
+
Shares

यात्रुलाई हैरानी दिएको आरोपमा १० जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते ११:५४

८असार, काठमाडौं । यात्रुलाई दु:ख हैरानी दिएको आरोपमा ट्राफिक प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँहरुबाट १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धनुषाका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखाका ३२ वर्षीय प्रकाश सिवाकोटी, भक्तपुरका ५५ वर्षीय हरि भजन थापा, दोलखाकै ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ, सिन्धुलीका २७ वर्षीय तिलक कुमार थापा, दोलखाका २६ वर्षीय खड्क बहादुर तामाङ, सिन्धुलीका डोरकुमार श्रेष्ठ, ओलखढुंगाका ४५ वर्षीय नन्दलाल बुढाथोकी र सिन्धुपाल्चोकका ३६ वर्षीय राजेश सापकोटा छन् ।

उनीहरुले उपत्यका बाहिर जाने यात्रुहरुलाई अनावश्यक रुपमा दुख हैरानी दिएको आरोप छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?