+
+
Shares

अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाले मङ्गलबारदेखि शुक्रबारसम्म चार दिनका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
  • भीमदत्त नगरपालिकाले पनि गर्मीका कारण असार ८ देखि असार १९ गतेसम्म १२ दिन विद्यालयहरूमा बिदा दिने निर्णय गरेको छ ।
  • मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लामा आगामी तीन दिनसम्म तातो लहर चल्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ ।

८ असार, दोधारा चाँदनी (कञ्चनपुर) । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि मङ्गलबारदेखि शुक्रबारसम्म चार दिनका लागि नगरभित्र रहेको सबै विद्यालयमा बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिए ।

भीमदत्त नगरपालिकाले पनि अत्यधिक गर्मी बढ्दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयमा १२ दिन बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार यही असार ८ गतेदेखि असार १९ गतेसम्म गर्मी तथा वर्षे बिदा एकमुष्ट मिलाएर विद्यालयमा बिदा दिने गर्ने निर्णय गरिएको हो ।

कञ्चनपुरमा पछिल्लो एक साता यता गर्मी अत्यधिक बढेको छ । मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लामा आगामी तीन दिनसम्म तातो लहर चल्ने सम्भावना भएकाले सतर्क रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?