+

न्युडायमन्डको दुवै टोली सेमिफाइनलमा

२०८३ असार  ८ गते १९:४३ २०८३ असार ८ गते १९:४३

सोमबार २-२ खेलेमा जित निकाल्दै न्युडायमण्डको दुवै टोली सेमिफाइनल पुगेका हुन् ।

८ असार, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमी मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार दुवैले २–२ खेलेकोमा दुवैमा जित निकाल्दै सेमिफाइनलमा पुगेका हुन् । न्यु डायमन्ड समूह ए तथा न्यु डायमन्ड एकेडेमी समूह बी को विजेता बनेको हो ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको खेलमा न्यु डायमन्डले अमर ज्योति, नुवाकोटलाई २५–९, २५–११, २५–५ तथा सरस्वती स्कुल, सिन्धुपाल्चोकलाई २५–५, २५–६, २५–४ को सेटमा पराजित गरे ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीले सूर्य विनायक, भक्तपुरलाई २५–१३, २५–४, २५–६ तथा गणेश हिमाललाई २५–९, २५–२२, २५–१४ ले हरायो ।

अन्य खेलमा गणेश हिमालले एलिक्सर एकेडेमीलाई २५–२१, २५–२१, २५–१६, सरस्वतीले एन्जल्स स्पोर्ट्स एकेडेमीलाई २१–२५, २५–१३, २५–१६, २५–१७ तथा अमर ज्योतिले एन्जल्सलाई २५–६, २५–२२, २५–१० ले पराजित गरेको छ ।

मदन भण्डारी कप यु–१९ छात्रा भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय