८ असार, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ६८ प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना युवक र एक पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।
मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैया घर भई हाल काठमाडौं बसोबास गर्दै आएका २० वर्षीय सभ्य अधिकारी र काठमाडौं टोखा नगरपालिकाका २० वर्षीय डिजेन जोशी रहेका छन् ।
पैदल यात्रुको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि घाइते सबैलाई उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4