+
+
Shares

रास्वपा महाधिवेशन : प्रतिनिधिले चाहे तिरेको ५ हजार शुल्क फिर्ता लिनसक्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १६:०१

९, असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाविधेशनमा प्रतिनिधिहरूले बुझाएको ५ हजार शुल्क फिर्ता लिन सक्ने भएका छन् ।

मंगलबार दिउँसो सुरु भएको बन्दसत्रमा बोल्दै सभापति रवि लामिछानेले प्रतिनिधिले चाहे ५ हजार शुल्क फिर्ता लैजानसक्ने र नतिरेको भए नतिर्न पाउनेगरी ऐच्छिक बनाउन निर्देशन दिएका छन् ।

उनले महाधिवेशन केहीदिन लम्बिदा प्रतिनिधिहरूको खर्च बढ्नसक्ने भएकाले पार्टीले वैकल्पिक व्यवस्था गरेर भएपनि खर्च व्यवस्थापन गर्ने तर, गाह्रो हुने वा नसक्नेले रकम फिर्ता लैजानसक्ने बताए ।

उनले आर्थिक समस्या कै कारण कोही फिर्ता जानुपरे वा कुनै समस्या भएमा पार्टीलाई जानकारी गराउन आग्रह गरे ।

उनले पार्टीको ऐतिहासिक महाधिवेशन भएकोले चुन्ने र चुनिने अधिकारबाट कोही पनि वञ्चित हुन नहुने बताए ।

सोमबार हिजो नै सुरु हुने बन्दसत्र प्रतिनिधिहरू चयन विवादका कारणले आज मंगलबार मात्रै सुरु भएको हो । रास्वपाको महाधिवेशनमा प्रतिनिधीहरुको संख्या झण्डै ४२ सय पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?