+
+
Shares

विश्वविद्यालयसम्बन्धी अध्यादेशले ठूलो समस्या खडा गर्‍यो : सांसद रिजाल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १६:४५

९ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले सरकारले ल्याएको विश्वविद्यालयसम्बन्धी अध्यादेशले मुलुकका शिक्षा क्षेत्रमा ठूलो समस्या खडा गरेको बताएका छन् ।

उनले विश्वविद्यालयहरूको पदाधिकारी तत्काल नियुक्त गरी त्यहाँ देखिएका समस्या समाधान गराउनका लागि पनि सरकारलाई सचेत गराए ।

‘अब बजेट बनाउने बेला र नीति तथा कार्यक्रम नै बनाउने बेलामा विश्वविद्यालय सम्बन्धि पनि अध्यादेश आएको हुनाले त्यसलाई पनि यसले असर पारेको छ । तर अव अहिले सचिवज्यूले भनेअनुसार दु्रत गतिमा नै त्यो नियुक्ति प्रक्रियामा छौँ भन्नुभएको छ । हामीले त्यसैलाई मानेर चित्त बुझाउनुको विकल्प तत्कालका लागि अरु केही पनि छैन,’ उनले भने ।

सांसद रिजालले सरकारले ठिक ढंगले काम गरोस् भन्ने आफूहरूले चाहेको पनि उल्लेख गरे ।

‘हाम्रो चिन्ता विश्वविद्यालय ठिकठाक ढंगले अघि बढोस् । हामी जसरी चलाउँछौँ विश्व विद्यालय, विद्यार्थीहरू बाध्य मुलुकमा जानुपर्ने अवस्था छ । यस्तो बेलामा पदाधिकारी नियुक्तिको विषयले थप समस्या नआओस् भन्ने हाम्रो चिन्ता हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?