+
+
Shares

पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले के आधारमा पक्राउ गरेको हो ?

उनलाई पक्राउ गरेपनि उनीविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै कानुन व्यवसायीहरूले सरकारको राजनीतिक प्रतिशोधलाई अदालतले अनुमोदन गर्न नहुने भन्दै इजलासको ध्यानाकर्षण गराए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १७:३२

९ असार, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वमन्त्री विष्णु पौडेलले विशेष अदालतमा उपस्थित गराएको छ ।

त्यसक्रममा विभागका अनुसन्धान अधिकारीहरू र विशेष सरकारी वकिलको कार्यालयका सरकारी वकिलहरूले मुद्दाको अनुसन्धान अघि बढाउन उनलाई थुनामा राख्ने अनुमति हुनुपर्ने माग गरेका छन् ।

त्यसपछि पूर्वमन्त्री पौडेलका कानुन व्यवसायीहरूले पक्राउको प्रतिवाद गर्दै उनलाई कसैको जिम्माजमानीमा छाड्नुपर्ने माग गरेका छन् ।

उनलाई पक्राउ गरेपनि उनीविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै कानुन व्यवसायीहरूले सरकारको राजनीतिक प्रतिशोधलाई अदालतले अनुमोदन गर्न नहुने भन्दै इजलासको ध्यानाकर्षण गराए ।

आरोप के थियो ?

उपन्यायाधीवक्ता भीमसेन काफ्लेले विशेष अदालतको इजलासमा गराएको जानकारी अनुसार, श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिले किनेको विषयमा अनुसन्धानको सिलसिलामा पौडेल पक्राउ परेका हुन् ।

हिमालयनमा इन्फिनिटी होल्डिङ्सको शत प्रतिशत शेयर लगानी रहेको विशेष अदालतमा पेश भएको विवरणपत्रमा उल्लेख छ ।

दिपक भट्टविरुद्ध सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गर्दा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिमालय एजेष्ट म्यानेजमेन्ट प्रालिको बारेमा उल्लेख गरेको थियो ।

त्यो कम्पनीले विभिन्न ठाँउमा लगानी गरेको र त्यसको वास्तविक स्वामित्वकर्ता (लगानीकर्ता) अर्कै रहेको रहेको भन्दै विभागले त्यसमाथि अनुसन्धान भइरहेको भनेको थियो ।

त्यही अनुसन्धानको सिलसिलामा अनुसन्धान गरिएको र त्यत्तिको आधारमा पौडेललाई पक्राउ गर्न नमिल्ने जिकिर सहित कानुन व्यवसायीहरूले विशेष अदालतमा बहस गरिरहेका छन् ।

रुपन्देही–२ का चुन्नप्रसाद शर्मा पौडेलले बयान कागजका क्रममा त्यसरी लुकाएको रकम पूर्वमन्त्री पौडेलको ‘हो’ भनिदिएका आधारमा उनलाई पक्राउ गर्न नहुने भन्दै कानून व्यवसायीहरूले राजनीतिक प्रतिस्पर्धीहरूको बयानलाई विश्वसनीय आधार मान्न नहुने जिकिर गरेका हुन् ।

चुन्नप्रसाद शर्मा गत निर्वाचनमा नेपाली कांग्रेसबाट रुपन्देही–२ मा विष्णु पौडेलका प्रतिस्पर्धी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?