+
+
Shares

सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट वरिष्ठ सईको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १८:१४

९ असार, विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-६ मा सवारी दुर्घटनामा हुँदा नेपाल प्रहरीका वरिष्ठ सई (वरिष्ठ नायब निरीक्षक) लालकुमार यादवको मृत्यु भएको छ ।

विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ५० वर्षीय यादवको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको हाे ।

दुर्घटनामा उनकी ४७ वर्षीया पत्नी रामपरी यादव घाइते भएकी छन् । उनको अवस्था सामान्य रहेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

सप्तरी घर भएका मृतक यादव हालै सईबाट वरिष्ठ सईमा बढुवा भई जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा भएका थिए । तर उनी हाजिर हुन पाएका थिएनन् ।

प्रहरीले कार चालक ५० वर्षीय डा. राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको छ । उनी रेडियोलोजिस्ट हुन् । उनी विराटनगरबाट कामका लागि जाँदै गर्दा दुर्घटनामा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?