+
+
Shares

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात झल्किएको टिप्पणी गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १८:४७

९ असार, काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात झल्किएको टिप्पणी गरेकी छन् ।

मंगलबार फेसबुकमार्फत टिप्पणी सार्वजनिक गर्दै अभियन्ता बमले नयाँ पुस्तालाई असहिष्णु बन्न सिकाउने अभिव्यक्ति दुर्भाग्यपूर्ण रहेको बताएकी छन् ।

‘माननीय खगेन्द्र सुनारज्यूले महाधिवेशनमा अतिथिका रूपमा उपस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबारे व्यक्त गर्नुभएको टिप्पणीमा शक्तिको मात र अहंकार झल्किन्छ,’ अभियन्ता बमले लेखेकी छन्, ‘विचार, सिद्धान्त र राजनीतिक मत फरक हुनसक्छन्, तर अतिथिको सम्मान गर्नु हाम्रो सभ्यता, संस्कार र लोकतान्त्रिक मूल्यको आधारभूत पक्ष हो। असहमति व्यक्त गर्ने अधिकार सबैलाई छ, तर अपमान गर्ने अधिकार कसैलाई छैन । दुर्भाग्यवश, यस्ता अभिव्यक्तिहरूले नयाँ पुस्तालाई फरक विचार राख्ने मानिसप्रति असहिष्णु बन्न सिकाउँछन् ।’

उनले यस्ता प्रवृत्तिलाई सामान्य नबनाउन र अराजकता रोक्न रास्वपाजनसँग आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?