१० असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत कोलम्बिया र डिआर कंगोबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
समूह के अन्तर्गत मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा भइरहेको खेलको पहिलो हाफमा कोलम्बियाले दबाब बनाएपनि गोल गर्न सकेन ।
पहिलो हाफमा कोलम्बियाले ६६ प्रतिशत बल पोसेसन राखेको थियो । यस्तै कूल १० सट प्रहार गर्दा ६ सट अन टार्गेटमा भएपनि गोल हुन सकेन । कंगोका गोलकिपर लियोनल एमपासीले ६ बचाउ गरे ।
कंगोका गोलकिपरले केही उत्कृष्ट बचाउ गरेका थिए । कंगोले हानेको २ मात्र सट टार्गेटमा रहन सकेन ।

प्रतिक्रिया 4