+
+
Shares
रास्वपा प्रथम महाधिवेशन :

मतदान मेसिनबाट, प्रचार कागजमै (तस्वीरहरु)

भोटिङका लागि करिब ८० वटा मेसिन तयारी अवस्थामा राखिएको छ । मतदान मेसिनबाट हुने भए पनि प्रचार भने कागजी रुपमा भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते ११:१९

१० असार, चितवन । चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको अन्तिम तयारी भइरहेको छ । उम्मेदवारहरु अहिले चुनाव प्रचारमा व्यस्त छन् ।

गएराति अबेरसम्म चलेको मनोनयन दर्ता प्रक्रियामा करिब ४०० जनाले मनोनयन गराएका थिए । रास्वपाको विधान अनुसार ९९ केन्द्रीय सदस्य निर्वाचनबाट चुनिनेछन् भने ५१ केन्द्रीय सदस्य सभापतिबाट मनोननीत हुनेछन् ।

सभापति पदमा रवि लामिछानेको मात्र उम्मेदवारी दर्ता भएकाले उनी निर्विरोध निर्वाचित भइसकेका छन् । केन्द्रीय सदस्य चयन भइसकेपछि १९ सदस्यीय पदाधिकारीको निर्वाचन हुने रास्वपा विधानमा उल्लेख छ ।

अहिले केन्द्रीय सदस्यका उम्मेदवार र उनीहरुका समर्थकहरु प्रचार सामग्रीहरु बोकेर भोट मागिरहेका छन् । निर्वाचन स्थल वरपर कागजी प्रचार सामग्रीहरु छरपस्ट देखिन्छन् ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ । ९ गते नै महाधिवेशन सक्ने भनिए पनि प्राविधिक समस्याका कारण प्रतिनिधि टुंगो लगाउन ढिलाइ हुँदा महाधिवेशन लम्बिएको रास्वपा नेताहरुको भनाइ छ ।

रास्वपा महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिहरु छन् । उनीहरुले इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गर्ने छन् । भोटिङका लागि करिब ८० वटा मेसिन तयारी अवस्थामा राखिएको छ । मतदान मेसिनबाट हुने भए पनि प्रचार भने कागजी रुपमा भइरहेको छ ।

हेर्नुहोस् निर्वाचन स्थलका तस्वीरहरु–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?