+
+
Shares

रास्वपा केन्द्रीय सदस्यमा राहुल केसीको उम्मेदवारी

युवा समाजसेवी तथा मानवअधिकारकर्मी राहुल केसीले लुम्बिनी प्रदेश (भूगोल) कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते १३:३३

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा राहुल केसीले उम्मेदवारी दिएका छन् । युवा समाजसेवी तथा मानवअधिकारकर्मी राहुल केसीले लुम्बिनी प्रदेश (भूगोल) कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

लामो समयदेखि युवा सशक्तीकरण, मानवअधिकार, सामाजिक न्याय र नागरिक सहभागिताका क्षेत्रमा सक्रिय केसीले आफ्नो उम्मेदवारीलाई केवल पदको प्रतिस्पर्धा नभई पार्टीको संस्थागत विकास र वैचारिक सुदृढीकरणको अभियान भनेका छन् ।

रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको भविष्य निर्धारण गर्ने ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।

पार्टीभित्र सुशासन, पारदर्शिता, जवाफदेहिता र अधिकारमुखी राजनीतिको बहस तीव्र भइरहेका बेला केसीले आफूलाई नीति, संगठन र जनसम्पर्कलाई जोड्ने उम्मेदवारका रूपमा प्रस्तुत गरेका हुन् ।

उनी युवा नेतृत्व विकास, लोकतान्त्रिक अभ्यास र मानवअधिकारका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सक्रिय रहँदै आएका छन्। विभिन्न अभियान, संवाद, तालिम तथा अधिकारमुखी कार्यक्रममार्फत उनले हजारौं युवालाई नेतृत्वमा अघि बढाउने काम गरेका छन्।

लुम्बिनी प्रदेशभित्र पनि उनको सक्रियता उल्लेखनीय देखिन्छ। रास्वपाको प्रदेशस्तरीय निर्वाचन प्रक्रियामा समेत उनले जिम्मेवारी सम्हालेका थिए, जसले पार्टी संगठन र विधानप्रतिको उनको बुझाइलाई थप बलियो बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?