+
+
Shares

खुद्रा र होलसेल माइक्रोफाइनान्स मर्जरपछि थोकको काम गर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते १९:४३

१० असार, काठमाडौं । थोक (होलसेल) र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्था मर्जर भएमा ५ वर्षसम्म थोककै काम गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै त्यस्ता संस्थालाई ५ वर्षको अवधि थप गरेको हो ।

केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गर्दै थोकको कारोबार गर्ने संस्था खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थासँग मर्जर भएको खण्डमा खुद्राको काम गर्नु पर्ने व्यवस्था परिवर्तन गरेको हो ।

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा यसअघि खुद्रा कारोबार मात्रै गर्नुपर्ने व्यवस्था थियो ।

केन्द्रीय बैंकले त्यसमा एकीकृत कारोबार सञ्चालन गरेको मितिले ५ वर्षसम्म थोक कर्जाको कारोबार गर्न सक्ने व्यवस्था गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?