११ असार, काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत अहिले चलिरहेको खेलको पहिलो हाफमा कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाले २–१ को अग्रता लिएको छ ।
खेलको २९ औं मिनेटमा बोस्निया एन्ड हर्जगोभिनाका करिम अलाजबेगोभिकले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि ३४ औं मिनेटमा कतारका सुल्तान अलब्रेकले आत्मघाती गोल गर्दा बोस्निया एन्ड हर्जगोभिनालाई २–० को अग्रता दिलाएको थियो ।
त्यसपछि कतारका हसन अल्हाएदोसले ४२ औं मिनेटमा एक गोल प्रहार गरेर खेललाई २–१ को अवस्थामा पुर्याएका छन् ।
प्रतिक्रिया 4