+
फिफा विश्वकप :

हाइटी विरुद्ध पुनरागमन जित निकाल्दै मोरक्को नकआउट चरणमा

२०८३ असार  ११ गते ५:४६ २०८३ असार ११ गते ५:४६

पहिलो हाफमा दुई पटक पछि परेको अवस्थालाई उल्टाउँदै मोरक्कोले यो जित हात पारेको हो ।

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा मोरक्कोले हाइटीलाई ४–२ को गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफमा दुई पटक पछि परेको अवस्थालाई उल्टाउँदै मोरक्कोले यो जित हात पारेको हो ।

खेलको १० औं मिनेटमै आत्मघाती गोल खाएर मोरक्को पछि परेको थियो । त्यसपछि ३९ औं मिनेटमा मोरक्कोका अचरफ हाकिमीले गोल फर्काएर खेल १–१ को बराबरीमा ल्याए ।

त्यसको चार मिनेटमै ४३ औं मिनेटमा हाइटीका विल्सन इसिडोरले अर्को गोल थपेर खेललाई २–१को स्थितिमा पुर्‍याए ।

त्यसमा पहिलो हाफको इन्जुरी टाइममा मोरक्कोका इस्माइल साइबेरीले गोल प्रहार गरेर खेल २–२ बराबरीमा ल्याएका थिए ।

त्यसपछि लामो समयपछि गोल हुन सकेन । ७८ औं मिनेटमा सफियन रहिमीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा गेसिमी यासिनले अर्को गोल थपेर मोरक्कोका लागि गोलअन्तर बढाएका थिए ।

निर्धारित ९० मिनेट र थपिएको समयमा अन्य थप गोल भएनन् । अन्तिम नतिजा ४–२ ले मोरक्कोको पक्षमा खेल समाप्त भयो ।

यो खेलसँगै मोरक्कोले नकआउट चरण प्रवेश सुनिश्चित गरेको छ । हाइटी भने लिग चरणबाटै बाहिरिने भएको छ ।

फिफा विश्वकप मोरक्को
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय