+
+
Shares

काठमाडौंको एक गेस्ट हाउसमा पुरुष मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १४:३३

११ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ स्थित एक गेष्ट हाउसमा पुरुष मृत भेटिएका छन् ।

मित्रनगरस्थित गल्फ ओयसियस गेष्ट हाउसको कोठा नम्बर ४०१ मा ती पुरुष मृत भेटिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रहरीका अनुसार, दाङ बबई गाउँपालिका–६ घर भएका ४६ वर्षीय ओम प्रकाश बोहरा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?