+
+
Shares

भक्तपुरमा छोराले गरे आमाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १३ गते १०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको सूर्यविनायकमा छोरा किरण चौधरीको कुटपिटबाट उनकी ४० वर्षीया आमा मेघिया चौधरीको मृत्यु भएको छ ।
  • कुटपिटबाट गम्भीर घाइते भएकी चौधरीको ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • कुटपिटमा संलग्न २४ वर्षीय छोरा किरणलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ ।

३ असार, काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

उदयपुर कटारी नगरपालिका–५ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–९ भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीको आफ्नै छोराको कुटपिटबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार शुक्रबार साँझ करिब ७:४५ बजे मेघियामाथि उनका छोरा २४ वर्षीय किरण चौधरीले कुटपिट गरेका थिए ।

छोराको कुटपिटबाट गम्भीर घाइते भएकी मेघियालाई उपचारका लागि ललितपुरको पाटन अस्पताल लगिएको थियो । उपचारकै क्रममा राति १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न किरण चौधरीलाई प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?